दु:खको कारण हिजोलाई स्वीकार्न नसक्नु,आजमा रमाउन नसक्नु भोलिलाई स्वागत गर्न नसक्नु हो।


 दुखको कारण भनेकै,,, हिजोलाई स्विकार गर्न नसक्नु, आजमा रमाउन नसक्नु र भोलिलाई स्वागत गर्न नसक्नु हो ।।। 

हिजो जे भयो, त्यो सत्य हो,,, स्विकार्नै पर्छ,,, हिजोबाट सिक्दै भोलिको योजना बनाउने हो ।।।

आज जहाँ छौ, जे गर्दै छौं,,, सबैमा सकारात्मक सोच अनि उर्जा दिने प्रयास गर,,, खुसी हुने गर,,, खुसी बाड्ने प्रयास गर ।।। 

भोलि आजको नतिजा हो,,, आजको सोच अनि कर्मले नै भोलि निर्माण गर्ने हो ।।। 

आज र अहिले नै जीवन हो,,, यसको भरपुर सदुपयोग गर ।।।

 जीवन भनेकै एउटा नदी जस्तै अविरल बगिरहने यात्रा हो। जसरी एउटा नदीले कहिले पनि यो भनेको छैन कि  मानिसहरूले फोहोर मिसाइदिए अबदेखि म बग्दिन भनेर नदी निरन्तर बगिरहेको छ।  सायद जस्तोसुकै फोहोर मिसियोस् चट्टानहरू आओस् तर ऊ आफ्नो बाटो निरन्तर बढिरहेको छ। त्यसैले मित्रहरू जीवन पनि एउटा बगिरहने यात्रा हो। जसरी एउटा यात्रामा विभिन्न किसिमका समस्याहरु आउन सक्छन् त्यसैगरी जीवनमा पनि  कहिले हार त कहिले जित कहिले सुख त कहिले दुःख हुन्छ। 

कहिले निन्दा त कहिले स्तुति भइरहन्छन् तर हामीले हरेक परिस्थितिहरूमा  समान भएर नदीजस्तै निरन्तर रूपमा आफ्नो यात्रा अगाडि बढाइ राख्नु पर्दछ। किनकि हामीले आफ्नो वर्तमानलाई राम्रो बनायौँ भने देखिबाट भूतमा भएका कमी-कमजोरी वा गरिएका गल्तीहरुलाई सुधार्न सकिन्छ र वर्तमानमा राम्रो गर्नाले भविष्य आफै सुन्दर बन्नेछ। त्यसैले श्रीमद् भगवत  गीतामा भनिएको छ "हे अर्जुन जे भयो  राम्रो भयो जे भइरहेको छ राम्रो भइरहेको छ र जे हुनेछ राम्रो भन्दा राम्रो हुनेछ।" तिमी भूतको पश्चाताप नगर  र आफ्नो भविष्यको चिन्ता नगर र आफूलाई वर्तमानमा केन्द्रित गर यदि वर्तमानलाई राम्रो बनाउँछौ भनेदेखिबाट  भूतमा वा विगतमा भएका  कमीकमजोरी हट्नेछ र भविष्य सुन्दर बन्नेछ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad