एक गरीब मानिसका दुई भाई छोरा थिए । जेठोको नाम रमेश थियो भने कान्छोको नाम उमेश थियो । जब ती गरीब बुढाको मर्ने दिन आयो उनले आफ्नो सम्पत्तिको नाममा रहेको एउटा भैंसी र एउटा लिच्चीको रुख दुई भाईलाई अंश बन्डा गरिदिने बिचार गरे । ती दुई भाई मध्ये जेठो रमेश अली धुर्त स्वाभाबको थियो उसले सकेसम्म भाईलाई हेप्ने र दु:ख दिने गर्थ्यो । जब एउटा भैंसीलाई अगाडि र पछाडि गरेर बाँड्न लागियो तब जेठो चाँहिले भन्यो, म भाईलाई माया गर्छु, बिचरा भाईलाई गोबर सोहोर्न पनि गाह्रो होला त्यसैले म भैंसीको पछाडि पट्टिको भाग रोज्छु । बिचरा कान्छो त सोझो, दाई ले ठिकै भनेको होला भनेर भैंसीको अगाडि तिर कै भागमा खुशी हुन्छ । जब लिच्चीको रुख बाँड्नु पर्ने भयो तब दाई चाहिले रुखको माथि पट्टिको भाग रोज्छ भने भाईलाई फेँदतिरको भाग दिन्छ । दिन बित्दै गए, बुढा बाबाले पनि संसार छोडेर जान्छन । आ आफ्नो भाग अनुसार जेठोले भैंसीको गोबर सोहोर्ने, नुहाइदिने काम गर्थ्यो भने कान्छोले मीठो मीठो घास खोजेर खुवाउने गर्थो । एक दिन भैंसी ब्याउँछ तर जब दाई चाहिले दुध दुयो तर उसले भाईलाई दूध दिएन।
उसले भन्छ कि भैंसीको दुध त मेरो भाग बाट आएको हो , तलाई किन दिने ? बिचरा भाई निराश हुन्छ , ऊ गाउको मुखियाकोमा जान्छ, मुखियाको सल्लाह बमोजिम जब भोली पल्ट दाई ले भैंसी दुहुँदै थियो तब भाई चाहिले भैंसीको अगाडि पट्टिको भाग मा दुई लठ्ठी हिर्काउछ । भैंसीको पालो दाई चाहिलाई एक लात हानेर गोबर मा सुताइदिन्छ । रिस ले चुर भएको दाई ले केही भन्न नपाउदै भाई ले भन्छ मैले त भैंसीको मेरो तिर को भाग मा हिर्काएको । तलाई के मतलब कि मेरो भाग मा चाहे मैले जे सुकै गरुम । दाई ले आफ्नो गल्ती महसुस गर्यो । दाई ले रुखमा फलेका लिच्ची पनि आफूले मात्रा खाने र बेच्ने गर्थ्यो । आज भने जब दाई रुखमा चढेको थियो भाई चाँही ले बन्चरोले आफ्नो फेँद तिर कोभाग काट्न थाल्छ । अब भने दाइलाई आफ्नो गल्ती महसुस भाईसकेको थियो । त्यो दिन देखी उसले भाईलाई पनि आधा दुध र आधा लिच्चीको हकदार बनायो ।
त्यसैले मित्रहरू भनिन्छ मानिस अभावले भन्दा पनि मानिसहरु स्वभावले गर्दा दुःखी हुन्छन्। आजको समाजमा पनि मानिसहरूमा म सुखी हुँ र मेरो परिवार मात्र सुखी होस् भन्ने कमजोर धारणा हुन्छ जसले गर्दाखेरि ऊ आफू पनि दुःखी हुन्छ र अरु पनि ऊबाट दुःखी भइरहेका हुन्छन्। हामीले सधैँ आफ्नोको साथसाथमा सधैंभरि सबैको कल्याण होस् र सबैलाई सुख होस् भन्ने भावना राख्छौं भनेदेखिबाट आफ्नोको साथसाथमा सबैको भलो हुन्छ र आफू पनि सधैं सुखी र खुसी रहन सकिन्छ।