आँधी आयो भनेर किन डराउने आखिर यो पनि त भगवानको हातमा छ ?

 


यौटा सीपाही आफ्नी नव विवाहित दुलहीलाई लिएर डुङ्गामा यात्रा गर्दै थियो, समुद्री छाल र चीसो हावाले उनिहरुको यात्रा रोमान्चक बन्दै थियो त्यत्तिकैमा अचानक समुद्रमा ठूलो आँधी हुरि चल्न थाल्छ । यस्तो अवस्था आउँछ कि लाग्छ अब छिट्टै डुङ्गा पल्टिदैछ । यस्तो स्थितिमा पनि शान्त भएर मुसुमुसु मुस्कुराउँदै गरेका श्रीमानलाई देखेर श्रीमती अचम्म पर्छिन र जीवन बचाउनका लागि हारगुहार र रोईकराई गर्न थाल्छिन । यदपि त्यो बिराट समुद्रको बीचमा सहाराको कुनै बिकल्प भेटिदैन । आँधी चलिरहेकै थियो, आकाशबाट मुसलधारे पानी परिरहेको थियो ठीक त्यतिनै बेला सीपाहीले झट्ट आफ्नो कम्मरमा भिरेको तरबार निकालेर आफ्नी श्रीमतीको घाँटी नजिक लैजान्छ । यो देखेपछि अघिसम्म रोइकराई गरेकी श्रीमती हाँस्न थाल्छिन । अनि सीपाहीले सोध्छ -" तिम्रो घाँटी नजिकै तरबारको धार छ तैपनि तिमी किन हाँसेकी ?" श्रीमतीले जवाफ दिन्छिन-" तरबारको धार मेरो घाँटी नजिक भएर के भो र, बीँड त तपाइको हातमा छ नि, मलाई विश्वास छ तपाईले मलाई अवश्य केहि गर्नुहुन्न ।" त्यसपछि सिपाहीले जवाफ दिन्छ- "आँधी आयो भनेर किन डराउने ? आखिर यो पनि त भगवानको हातमा छ । विश्वास गर कि- भगवानले हामीलाई मर्न दिनुहुने छैन ।" त्यस पछी अघि सम्म अत्तालिरहेकी श्रीमती शान्त हुन्छिन र नभन्दै एकै छिनमा समुद्री आँधिहुरी पनि कम हुँदै जान्छ ।

दुनियाँमा कुनै पनि चिजहरु स्थायी छैनन नत तिम्रा सुखहरू नत दु:खहरू । समय अनुसार सबै चिज बदलिदै जान्छन । नत आज तिमीले भोग गरिरहेको सुख सयल नै सधैं भरिको लागि रहने छ नत आज तिमीलाई सताइरहेको दु:ख नै । मुख्य कुरा यो हो कि जहाँ छौँ त्यसलाई अनुभूत गर भित्रै देखी । किनकी तिमीले कमाउने यहाँ अनुभूती मात्र हो । मात्र अनुभूती । बाँकी अरू, बाँकी अरु त तिमीले छोडेर जाने हो । आज तिमी असफल भयौ तिमीलाई लागेको हुन सक्छ आमै आकाश नै खस्यो । आज तिम्रो सार्वजनिक बेइजत्ती भो तिमीले ठानेका हौला मानिसहरूले यसलाई सधैं भरि आज जस्तै सम्झी बस्ने छन । आज तिम्रो मनमा पीरै पीरको भारी छ र तिमिले सोच्दा हौ कि यो शोकको भारी तिमीले सधैं भरि बोकी बस्नु पर्ने छ ।  बिल्कुल गलत । समय अनुसार सबै चिज खुइलिदै जान्छन, मेटिदै जान्छन । किनकी समय बलबान छ यसले सबै घाऊ पुर्दै लैजान्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad