जीवनमा अगाडि बढ्नको लागि अरुको सल्लाह र मद्दतको उपयोग गर्नुस्।


एक पटक बाबु र छोरा बगैचामा काम गरिरहेका थिए । उनिहरूले आफ्नो आफ्नो तर्फको जमिन खनेर बिरुवा लगाउन खोज्दै थिए, छोरोले एकदमै जागरको साथमा काम गरेर आफ्नो बाबुको मन जित्ने कोशीस गरिरहेको थियो ।  त्यत्तिकैमा बाबुले आफ्नोछोरोलाई भन्छन -"छोरा तिमिले खनेको जमिनमा ठुलो चट्टान रहेछ, त्यसलाई नहटाए सम्म बिरुवा रोप्न सकिदैन । त्यसलाई हटाऊ त ।" छोरोले सोध्छ -"कसरी हटाउने बुवा ?" "तिमीले आफूले जसरी सक्छौ त्यसरी हटाऊ ।" बाबुले सहज जवाफ दिन्छन... बाबुको आग्रह बमोजिम छोरोले  एक्दमै बल लगाएर ढुङ्गा हटाउन खोज्छ तैपनि सक्दैन । ऊ असिन पसिन भएको थियो । उसले हरेश खाँदै आफूले ढुङ्गा हटाउन नसक्ने कुरा बताउँछ तैपनी बाबुले मुस्कुराउदै भन्छन-" केही छैन छोरा फेरि प्रयास गर । तिमीले सक्ने जती सबै माध्यम प्रयोग गर्न सक्छौ त्यो चट्टान हटाउन को लागि ।" 

अब छोरोलाई फेरि हौसला आउछ उसले उसले फेरि न्वारन देखिको बल लगाएर ढुङ्गा हिलाउन खोज्छ तैपनी ढुङ्गा अलिकती पनि डेग नचले पछी छोरा थकित हुन्छ र बच्चा जस्तै रुन थाल्छ । शायद उसले आफू बलियो छु भनेर आफ्नो बाबुको अगाडि प्रमाणित गर्न सकेको थिएन । आफ्नो छोरोलाई त्यसरी रोएको देखेर बाबु दौडिदै उसको नजीक आउँछन र सोध्छन-" बाबु तिमी किन रोएको ? तिमीले यो ढुङ्गा हटाउन सकिहाल्छौ नि, तिमीलाई मैले तिमीले सक्ने जती सबै माध्यम प्रयोग गर भनेको हो कि होइन ?" छोरोले रुदै भन्छ-" हो त मैले आफूले सक्ने जती सबै माध्यम प्रयोग गरे, मैले गैची प्रयोग गरे, कोदालो प्रयोग गरेँ, जुनसुकै माध्यम प्रयोग गर्दा पनि मैले यसलाई हटाउन सकिन ।" तब बाबाले भन्छन -"छोरा तिमीले सबै माध्यम प्रयोग गर्यौ तर मेरो सहयोग लाई प्रयोग गर्न बिर्सियौ । यदी तिमीलाई जुन सुकै माध्यम प्रयोग गरेर भए पनि चट्टान हटाऊ भनिएको थियो भने किन तिमीले मेरो सहयोग माग्न बिर्सियौ । बुवा मलाई मद्धत गर्नुस् भन्नु पर्थ्यो नि त तिमीले ।"  ल अब हेर त अब तिमी र म मिलेर सजिलै यो ढुङ्गा हटाउन सकिने छ । नभन्दै बाबुले अलि कती मात्र बल थपिदिदा छोरोले त्यो ढुङ्गा सजिलै हटाउन सक्यो ।

 त्यसैले मित्रहरू गीतामा लेखिएको छ जुन काम आँफैले गर्न सक्छौ त्यो काम आँफै गर जुन काम आँफैले गर्न सक्दैनौ त्यसको लागि अरुको सहयोग माग । अरुको सहयोग माग्नु आफू कमजोर हुनु होइन । सिहले जङलमा अरुको पनि मद्धत माग्छ यो कारणले होइन कि ऊ कमजोर छ बरु यो कारणले कि ऊ सधैं जङलमा शक्तिशाली भैरहन चाहन्छ । यसर्थ जीवनमा अगाडि बढ्नको लागि अरुको सरसल्लाह र सहयोग माग्न कहिल्यै हिच्किचाउनु हुँदैन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad