जीवनमा अगाडि बढ्न चाहनेहरूको लागि प्रेरणादायी सन्देश।

 


तीन जड्याहा समुद्रितिरमा रहेको भट्टीमा मस्तसँग रक्सी पिउँछन । उनिहरूले यती रक्सी पिउँछन कि पिउँदा पिउँदै आधा रात बित्छ । मध्ये रातमा उनिहरू लड्खडाउदै भट्टीबाहिर निस्किन्छन । बाहिर समुद्र तिरमा माझीहरूले आफ्ना डुङ्गाहरूलाई मजबुत डोरिले किनारामा बाँधेर छोडेका थिए । ती जड्याहाहरू घरतिर जानुको सट्टा त्यही डुङ्गा चडेर समुद्रमा घुम्न निस्किने योजना बनाउँछन । योजना बमोजिम उनिहरू तीनै जना डुंगामा बस्छन र रातभर डुङ्गाको प्याडल चलाऊछन । समुद्रको चिसो चिसो मीठो बतासमा उनिहरूले जवानी र बाल्यकालका धेरै अनुभबहरू एक अर्कासँग साटे । माया पिरतिका कुराहरु गरेँ, हाँसे, गाए,रमाए । विस्तारै उनिहरूलाई नशाले पनि छोड्दै जान थाल्यो । जब रात सकिएर बिहानी हुन थाल्यो तब तीन जड्याहा मध्येको एकले भन्छ-" साथीहरू समुद्रमा कती टाढासम्म जानु ...अब त फर्किने पनि होला नि । हेर त केटा हो हामी कहाँ आइपुगिएछ रातभर डुङ्गा चलाएर ?" यती भनेर उनिहरूले आफ्ना आँखा मिच्दै यता उता हेर्छन त उनिहरू तीन छकै पर्छन कारण थियो कि उनिहरू समुद्रमा कतै पुगेका थिएनन उनिहरू हिजो जहाँ डुंगा चढेका थिए त्यही ठाउँमै नै थिए किनकी उनिहरूले सबै कुरा गरेका थिए तर डुंगा बाँधेको डोरी फुकाउन बिर्सेंका थिए । अब डुंगाको डोरी नै नफुकाइकन चाहे जती सुकै डुंगा खियाइयोस, कतै पुगिन्छ ? अवश्य पुगिदैन । यो कथाको सार यो हो कि हामी यदी जीवनमा बदलिनु छ र Next लेभलमा जानु छ भने आफ्नो पुरानो सोच,संस्कार र बिलिफ सिस्टमलाई बदल्न जरुरी हुन्छ । यदी पुरानै सोच,विचार र आनिबानी बोकेर हिड्यो भने हामीमा परिवर्तन पक्कै आउन सक्दैन । जसरी नदिको एक किनारालाई नछोडेसम्म अर्को किनारासम्म पुग्न सकिदैन त्यसरी नै यदी आफ्नो पुरानो खराब अतित र बिश्वासलाई नै बोकेर हिंड्ने हो भने हामीले प्रगती गर्न सक्दैनौ । भनिन्छ नि मान्छेहरू स्वर्ग जान चाहन्छन तर मर्न भने कसैले चाहदैनन अर्थात परिवर्तन चाहनेले कठिनाई र चुनौती पनि त झेल्ने आँट गर्नुपर्छ नि ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad