त्यो क्षण मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।

 जब मन शान्त हुन्छ, बुद्धि प्रज्वलित हुन्छ। जब चित्त निर्मल हुन्छ, अहंकार गल्छ। यही हो आत्मजागरणको प्रारम्भ बिन्दु !

योग , ध्यान, मन्त्र, सेवा र मौन — यी साधनाको निरन्तरता ले  आत्मालाई जागृत गर्छ।

आउनुहोस्, बाहिरी संसारसँग होइन, भित्रको अस्तित्वसँग भेट गरौँ।यसमा नै वास्तविक शान्ति प्रेम आनन्द र खुसी  रहेको छ। 

एकपटक जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ?

रतन टाटाले भने —  मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके ।

पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।

त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेका महंगा र वहुमुल्य सामन जोड्नु, सोख पुरा गर्नु थियो । तर यो कुराको प्रभाव पनि क्षणिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्दैन भन्ने बुझेँ ।

त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो । त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्ने प्रोजेक्ट पाए । म भारत र एशियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सकिन ।

चौथो चरण थियो जब मेरो एक साथीले मलाई अपाङ्गता भएका बालबालिकाका लागि ह्वीलचेयर किन्न आग्रह गरे । साथीको आग्रहमा मैले तुरुन्तै ह्वीलचेयरहरू किनें ।

तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई ह्वीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ । त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्वीलचेयर दिएँ । ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखेँ । मैले ती सबैलाई ह्वीलचेयरमा बसेर, घुमफिर गरेको र रमाइलो गरेको देखेँ ।

मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।


जब कार्यक्रम सकियो र म फर्कन लागेको थिए, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो । मैले झुकेर बच्चालाई सोधें — तिमीलाई अरू केही चाहिन्छ?

यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।

यो बच्चाले भन्यो —  "म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु, त्योबेला म तपाईलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।"


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad