Terms & Conditions

 

 

 हाम्रो उद्देश्य

नेपाली भाषामा विभिन्न स्रोतहरूमा छरिएका सामाग्रीहरू व्यक्तिलाई सकारात्मक सन्देश एवं प्रेरणा प्रदान गर्नु साथमा सफल जिवनका सुत्र , प्रेरणा , सकारात्मक सन्देश एकीकृत रूपमा उपलब्ध गराउनु ।


    सफल जिवनका यात्रामा यहाँलाई हार्दिक स्वागत छ ।
यस सफल जिवनका यात्रा नेपाली भाषामा विभिन्न स्रोतहरूमा छरिएका सामाग्रीहरू व्यक्तिलाई सकारात्मक सन्देश एवं प्रेरणा प्रदान गर्ने हेतुका साथ एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित वेबसाइट हो । यहाँका सामाग्रीहरू सम्पूर्णले स्वतन्त्र रूपमा निःशुल्क अध्ययन गर्न सकिन्छ।

हामी तपाईलाई (यहाँ तपाईले प्रयोगकर्ता, अध्ययनकर्ता, लेखक वा योगदानकर्तालाई जनाउदछ ।) सामाग्रीहरु प्रयोग गर्न, अध्ययन गर्न,  लेखहरु प्रेषण गर्न, सेयर गर्न   हार्दिक अपिल गर्दछौ । हामीलाई प्रयोग गर्नुपूर्व तलका निती, नियम एवं सर्तहरु अध्ययन गर्न र सहमत हुन अनुरोध गर्दछौ ।

स्वागतम्
यस प्रयोगका सर्तहरुले तपाईलाई हाम्रो कार्य एवं सेवाहरु, प्रयोगकर्ताका नाताले तपाईसँगको सम्बन्ध, अधिकार एवं कतव्र्यका बारेमा बताउनेछ । थाहा रहोस्, हामी नेपाली भाषामा प्रेरक सामाग्री एवं विश्व साहित्यसँग सम्बन्धित सामाग्रीहरु प्रकाशन गदर्छौ ।
१) हाम्रा कार्यहरु
विभिन्न क्षेत्र एवं स्रोतहरुमा छरिएका सामाग्रीहरु, तपाईद्धारा प्रेषित सामाग्रीहरुलाई नेपाली भाषामा हामी यहाँ प्रकाशित गर्ने गर्दछौ । विशेषतः प्रेरक प्रकृतीका जसले व्यक्तिमा सकारात्मक सन्देश प्रवाह गर्दछ, सामाग्रीहरु हामी उपलब्ध गराउने गर्दछौ ।
क) हाम्रो भूमिका
हामी विभिन्न स्रोतहरुमा छरिएका एवं प्राप्त सामाग्रीहरुलाई छनौट, सम्पादन, प्रकाशन, एवं व्यापकिकरण गर्दछौ ।


२) सामाग्री प्रकाशनका कसीहरु
समग्रमा देवनागरी लिपी जान्नेहरुका लागि लक्षित गरि वेवसाइटको निमार्ण गरिएको हुनाले हामी नेपाली भाषामा लेखिएको सामाग्रीहरु स्विकार गर्दछौ । हाम्रो प्रधान उद्देश्य व्यक्तिलाई सकारात्मक दिशा तर्फ उन्मुख गराउने भएको हुनाले हामी यहाँ अधिकांशतः प्रेरक प्रकृतीका सामाग्रीहरु मात्र स्विकार गर्दछौ ।
३) बन्देजहरु
हामीले यस वेवसाइटमा सम्पूर्ण व्यक्तिलाई सामाग्री प्रेषित गरि योगदान दिन अपिल गरेका छौ । यो नेपाली भाषा जान्ने विश्वको जुनसुकै कुनामा रहेको जो कसैले पनि प्रयोग गर्न सक्दछ । यद्यपी प्रयोगकर्ताका गतिविधीहरु हानिकारक नुहुनु अत्यवश्यक छ । कुनैपनि प्रयोगकर्तालाई निम्न कार्यहरु गर्न बन्देज लगाइएको छ ।
क) दुरुपयोग एवं दूव्र्यवहार
दुरुपयोगमा सम्मिलित भइ अनावश्यक गालिगलौजले भरिएका, अपशब्द प्रयोग गरिएका शब्दहरु समावेस गरि प्रतिकृया एवं सन्देशहरु प्रेषण गर्ने, विभिन्न सामाजिक सञ्जालहरुमा नकारात्मक, मनगढन्ते, भ्रामक, कुराहरु प्रकाशन गर्ने जस्ता कार्यहरु गर्न बन्देज छ ।
ख) दोस्रो व्यक्तिप्रति अमान्य कार्य
विभिन्न व्यक्तिहरुद्धारा प्रेषित सामाग्रीहरुलाई विना अनुमती चोरी गर्ने, स्रोत नखुलाई अन्य स्थानमा प्रकाशित गर्ने, तस्विर एवं व्यक्तिगत जानकारीको दुरुपयोग गर्ने, समग्रमा दोस्रो व्यक्तिलाई असर पुग्ने किसिमका सम्पूर्ण गतिविधीहरु गर्न बन्देज छ ।
ग) गलत सामाग्री प्रेषण
हामीलाई सर्वाधिकार उल्लंघन गरिएका, चोरी गरिएका, गलत जानकारी उल्लेख गरीएका, स्वयंद्धारा दायित्व बहन गर्न अस्विकृत, विषय तथा प्रसंगभन्दा बाहिरका, गैर नेपाली भाषामा लेखिएका, अस्पष्ट, विभिन्न जाती, धर्म, लिंग, समुदाय प्रति आक्षेप लगाइएको जस्ता सामाग्रीहरु प्रेषणमा बन्देज लगाइएको छ ।

४) सफल जीवनका यात्राको व्यवस्थापन
हाल यो  एक व्लगको परिधि भित्र रहेर सञ्चालित भएको हुदाँ यसको सञ्चालनार्थ केही व्यक्तिहरुमात्र सक्रिय हुन सक्दछन् । यसको पूर्ण व्यवस्थापनका लागि अधिकार प्राप्त व्यक्ति बन्नका लागि कुनै पनि व्यक्तिले अनुरोध प्रेषण गर्न सक्दछ । यद्यपी हाम्रा निती तथा नियमहरुमा पूर्ण सहमाती जनाउने एवं योग्य व्यक्तिमात्र यसको  सञ्चालक बन्न सक्दछ । हाल यसमा  प्रत्यक्ष सञ्चालको जिम्मेवारीको बहन लक्ष्मण धितालले गरिरहनु भएको छ ।


 अन्य सर्तहरु
यस प्रयोगका सर्तहरु तपाई तथा हामीबीच मान्य सम्झौता हो । तपाईले हाम्रा सेवाहरुको प्रयोग गर्नुपूर्व हाम्रो यस प्रयोगका सर्तहरुमा सहमत हुनुपर्नेछ । हाम्रो लिखित अनुमती विना तपाई यस प्रयोगका सर्तहरु भन्दा पृथक कार्यहरु गर्न सक्नुहुनेछैन । यस प्रयोगका सर्तहरुमा तपाईको असहमतीहरु भए हामीलाई सूचित गर्नु पर्नेछ । साथै यसभन्दा पृथक दोश्रो प्रयोगका सर्तहरु भएको खण्डमा तपाई र हामी बीच आपसी सहमतीमा दुवै पक्षबाट हस्ताक्षर भएको खण्डमा सो मान्य हुनेछ ।

धन्यवाद
हाम्रो प्रयोगका सर्तहरु अध्ययन गरिदिनुभएकोमा हामी यहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ । हाम्रो उद्देश्य नेपाली भाषामा जान्ने सम्पूर्ण व्यक्तिहरुलाई सकारात्मक कार्यमा अग्रसर गराउन प्रेरणा प्रदान गर्नु हो । यस उद्देश्य परिपूर्तीका लागि  तपाईको साथ, सहयोग एवं योगदानको हामी पूर्ण अपेक्षा राख्दछौ ।

 

 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad