योग र योगासनमा अन्तर

 




योग

योग आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम हो। कुनै पनि साधक एउटा ध्यान विधिको प्रयोग गरेर यसको लाभ लिन सक्छ। विज्ञान भैरवतन्त्र पुस्तक भगवान् शिव र माता पार्वतीको वार्तालापको अंश हो। यसमा १०८ प्रकारको ध्यानविधि र चार प्रकारका अविधिको वर्णन छ। यसको एउटा मात्र ध्यान विधिको प्रयोग गरेर लाभ लिन सकिन्छ
प्राणायाम
प्राणायाम एक प्रकारको सासको क्रिया हो। शास्त्रहरूमा सातदेखि १० प्रकारका प्राणायामको वर्णन गरिएको छ । हामीले कुनै पनि दुई वा तीनवटा प्राणायाम गर्नुपर्छ। धेरै गर्नु पर्दैन। यहाँ सबैका लागि अति आवश्यक दुईवटा प्राणायामको जानकारी दिइएको छ
सरल प्राणायाम
यो क्रिया गर्नका लागि पलेटी कसेर बस्नुपर्छ। नाकबाट विस्तारै विस्तारै लामो र गहिरो सास लिने अनि नाकबाट नै छोड्न। यस क्रियालाई कम्तीमा ५० चोटि गर्नु होला
अन्तर्कुम्भक प्राणायाम
यो क्रिया गर्नका लागि पनि पलेटी कसेर बस्नुपर्छ। विस्तारै लामो र गहिरो सास नाकबाट लिने। १० देखि १६ सेकेन्डसम्म सास भित्र रोक्ने र त्यसपछि विस्तारै विस्तारै नाकबाटै सास छाड्ने। यस क्रियालाई पाँच मिनेटसम्म गर्नु होला
मिल्ने लाभशान्ति, धैर्य, एकाग्रता तथा मानसिक क्षमतामा वृद्धि। यसबाहेक चञ्चलता र डरबाट मुक्ति
योगासन
योगासन एक प्रकारको शारीरिक व्यायाम हो। यसमा शरीरलाई लयबद्ध तरिकाले अगाडि, पछाडि, दाहिना, देब्रे मोड्नु र सीधा गर्नुपर्छ। यसमा केही क्रिया बसेर, केही क्रिया सुतेर र केही क्रिया उभिएर गरिन्छ। योगासन कति प्रकारको छ निश्चित रूपमा भन्न सकिँदैन। सामान्य रूपमा लगभग एक सय आठ प्रकारका योगासन विधिको वर्णन गरिएको छ। यीमध्ये आवश्यकतानुुसार कुनै पनि आठदेखि १० आसन गर्नुपर्छ
योगासनको अति आवश्यक सिद्धान्त

१. योगको सुरुवातमा योगासन  गर्नुपर्दछ । त्यसपछि प्राणायाम र अन्त्यमा ध्यान गर्नुपर्छ
२. कुनै प्रकारको शल्यक्रिया गरिएको छ भने छ महिनापछि मात्र योगासन गर्नुपर्छ
३. मासिक धर्म, शरीरमा कुनै प्रकारको पीडा र मौसमी बिरामी भएका बेलामा योगासन गर्न मिल्दैन
४. कुनै किताब पढेर, टेलिभिजन, नयाँ योगाचार्य वा कुनै अपरिचित ठाउँमा योगासन सिक्नु हुँदैन। योग्य योगाचार्यबाट सिकेर मात्र योगासन गर्नुहोला
५. खाली पेटमा वा खाना खाएको तीन घण्टापछि मात्र योगासन गर्न सकिन्छ
६. साफ जमिनमा र हल्का वस्त्र लगाएर योगासन गर्न राम्रो हुन्छ
७. कुनै पनि क्रियालाई विस्तारै विस्तारै गर्नुपर्छ
८. प्राणायाम, ध्यान (योग) तथा योगासन गर्नका लागि आवश्यकता र मात्राको ख्याल राख्नुपर्छ
९. पहिलो दिनदेखि नै योगासनको धेरै क्रिया गर्न मिल्दैन
१०. निद्रा र खानाजस्तै दैनिक जीवनमा प्राणायाम, योग र योगासन अवश्य जोड्नु पर्छ
११. योगासनको क्रिया गर्ने बेला बीचबीचमा दुुुई÷तीन मिनेटको अन्तराल राख्नुपर्छ। त्यो बेला बसेर वा सुतेर लामो र गहिरो सास लिनुस् र छोडनुस्
१२. जाडोमा ४० मिनेट, वर्षामा ३० मिनेट र गर्मीमा २५ मिनेटभन्दा बढी योगासन गर्न मिल्दैन

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad