कुकुरले हामी मानवलाई यो सिकायो कि, "प्रेम त्यो होइन जो समयसँगै हराउँछ, प्रेम त त्यो हो जो मृत्युपछि पनि जीवित रहन्छ।"

 


एउटा वास्तविक मनछुने कथा — एकजना प्रोफेसरको असधयै प्यारो कुकुर थियो । जब जब प्रोफेसर पढाउन जान्थे त्यो कुकुर पछि पछि रेलको ढोकासम्म जान्थ्यो । र जब जब साझ भएर रेलको सिट्ठी बज्थ्यो, कुकुर पुच्छर हल्लाउदै, उफ्रदै रेलको ढोकैसम्म लिन आउथ्यो । यसरी नै दिन बित्दै बित्दै गयो।

एक दिन त्यो दिन पनि आयो । २१ मे १९२५ को दिन रेलको सिट्टी बज्यो, रेल आयो तर प्रोफेसर आएनन् । रेल स्टेसनबाट अघि बढ्यो तर प्रोफेसर झरेनन । अघिसम्म उत्साहित भएर, पुच्छर हल्लाउदै स्वागत गर्न तयार त्यो कुकुर निरास भएर फर्कियो । लग्यो, आज आएनन्, भोलि पक्कै आउनेछन् ।

त्यो भोलि पनि उसै गरी रेलको सिट्टी बज्यो, रेल आयो तर प्रोफेसर आएनन् । कुकुर हरेक दिन स्टेसनसम्म आउथ्यो, मालिक झर्ने आशमा एकहोरो हेरिरहन्थ्यो, रेलका डिब्बाबाट सबै झर्थे तर ती प्रोफेसर कहिल्यै झरेनन ।

तर कुकुरले आश मरेन, हरेक दिन ऊ स्टेसन गयो । दिन हप्तामा बित्यो, हप्ता महिनामा बित्यो, महिनामा बित्यो । तर अह प्रोफेसर आएनन्, तर त्यो कुकुर आफ्नो मालिकको लागि स्टेसन जान कहिल्यै छोडेन । ऊ दरदर परेको झरीमा पनि मालिकको आशमा गयो, चिसो कठ्यांग्रीने चिसो हिउ छिचोल्दै गयो । न शिशिर, न बसन्त, न भोक, न प्यास ऊ कुरिरह्यो कुरिरह्यो कुरिरह्यो ।

यसरी ९ वर्ष, ९ महिना र १५ दिन बिते तर उसको मालिक आएनन् ।

८ मार्च १९३५ मा, हिउँ परिरहेको एक चिसो रातमा उसले रेलको ढोका खुल्ने दैलो अगाडी मालिक आउने आशै आशमा अन्तिम सास फेर्यो । ऊ त्यही मर्यो तर मालिकप्रतिको उसको बफादारी कहिल्यै मरेन । भनिन्छ, मर्ने बेलामा उसको आँखामा एउटा शान्ति थियो, मानौँ उसले टाढाबाट आफ्ना मालिकलाई आफूतिर हात फैलाउँदै आउँदै गरेको देखिरहेको छ ।

त्यो कुकुरको नाम थियो, हाचिको । जापानको शिबुया स्टेशनमा हचिकोको सम्मानमा एउटा शालिक बनाइएको छ । आजपनि हाचिकोको प्रेम र वफादारीप्रति हरेकले त्यो मूर्ति अघि शिर निहुराउने गर्दछन । एउटा कुकुरले हामी मानवलाई यो सिकायो कि, "प्रेम त्यो होइन जो समयसँगै हराउँछ, प्रेम त त्यो हो जो मृत्युपछि पनि जीवित रहन्छ।"

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad