ति मध्य एउटा बच्चा उनलाई असाध्यै प्रिय थियो । समय बित्दै गयो । केटाकेटी हुर्कदै गए । अब स्याहारको जरुरी नपर्ने भयो । उनको पनि उमेर ढल्कदै गएपछि स्वदेश नै फर्कीइन् । स्वदेश फर्किएपनि ती बच्चाको झल्को र स्नेह कम भएन । ऊमेरले बढ्दै गए पछि त्यो केटो पनि आफूलाई आमा जस्तै हुर्काएको ती आमालाई खोज्न लाग्यो । सबैतिर सोध्यो, बुझ्यो । र जब उसले ठेगाना पायो ऊ पहिलो फ्लाइट समातेर उसको देश झर्यो ।
ती आमैको घरको ढोका अघि उभिदा उसको मन ढुकढुक भएको थियो । उसले ढोका ढकढक गर्यो । भित्रबाट ढोका खुल्यो । जसै ती आमाले आफूले हुकाएको त्यो प्यारो बच्चा देखिन, उनको आँखा रसायो र आफ्नो हात फैलाउदै 'छोरा' भनेर बोलाइन ।
केटो पनि दौडदै गएर उनको अंकमालमा बेरियो मानौ कि उनि नै त्यो आमा हो जसलाई उसले वर्षौ देखि गुमाएको थियो र अब बल्ल भेट्न पाउदै छ ।
त्यो क्षणमा धर्म र देशको सीमाले कुनै अर्थ राखेन । त्यहाँ केवल आमा र छोराबीचको निष्कलंक माया मात्र बाँकी थियो । ती फरक धर्म, फरक समुदायका थिए तर त्यो मायाको बीचमा त्यसको कुनै अर्थ थिएन । त्यहाँ सबैभन्दा ठूलो प्रेम थियो, सबैभन्दा ठूलो मानवता थियो । आज पनि मानवता भन्दा ठूलो कुनै धर्म छैन । 🙏
