पिकासोले मुस्कुराउदै भने मैले 10 सेकण्डमा पेन्टिङ बनाउन आफ्नो जीवन को 30 साल सिक्नमा खर्चिए , तपाइले पनि दिनुस , सिक्नुहुनेछ।








 पिकासो ( Picasso ) स्पेन मा जन्मिएका एक धेरै प्रसिद्ध चित्रकार थिए । उनको पेन्टिङ दुनियाँभर मा करौडौ र अरबौ रुपैयामा बिक्ने गर्थ्यो । एकदिन बाटो हिड्दै गर्दा एउटी महिलाको नजर पिकासो माथी परेछ र संयोेगबश ती महिलाले पिकासोलाई चिनेछिन , उनी दौडिदै उनको छेउमा गइ र भनी ,

सर ! म तपाइको धेरै ठूलो फेन हु , तपाइको पेन्टिङ मलाई धेरै मन पर्छ , के तपाइले मेरो लागि पनि एउटा पेन्टिङ बनाइदिनुहुन्छ ?

पिकासो ले मुस्कुराउदै भने - म यहाँ अहिले खाली हात छु , मसित केही पनि छैन , कुनैबेला तपाइको लागि पेन्टिङ बनाइदिउला ,

तर त्यो महिला ले जिद्दी गर्न थालिन कि मलाई अहिले नै एउटा पेन्टिङ बनाएर दिनुहोस । पछि थाहा छैन तपाइसित भेट हुन्छ कि हुदैन ।

पिकासोले पकेटबाट एउटा सानो कागज को टुक्रा निकाल्यो र आफ्नो पेन ले त्यसमा केही बनाउन थाले , करिब 10 सेकेण्ड भित्रमा उनले एउटा पेन्टिङ बनाए र भने यो लिनुस पेन्टिङ , यो मिलियन डलर को पेन्टिङ हो ।

त्यो महिलालाई धेरै अचम्म लागेछ कि पिकासोले 10 सेकण्ड मै छिटो - छिटो एउटा काम चलाउ पेन्टिङ बनाएर भनिरहेका छन कि यो मिलियन डलर को पेन्टिङ हो , ती महिला ले त्यो पेन्टिङ लिएर केही नबोली सिधा घर आइन । उनलाई लाग्यो पिकासोल उनलाई पागल बनाइरहेको छ , त्यसैले उनी मार्केट गइन र त्यो पेन्टिङ को मूल्य पत्ता लगाइन , 

उनि धेरै आश्चर्यचकित भइन कि त्यो पेन्टिङ वास्तव मै मिलियन डलर कै थियो ।उनी दौड्दै - दौड्दै फेरि एकपटक पिकासो को माझ आएर भनी - सर ! तपाइले बिल्कुल सहि भन्नुभएको थियो ,यो त मिलियन डलर कै पेन्टिङ रहेछ ,

पिकासोले हास्दै भने - मैले तपाइलाई पहिले नै भनेको थिए ।

ती महिला ले भनी - सर तपाइले मलाई आफ्नो स्टुडेन्ट बनाउनुस , र मलाई पनि पेन्टिङ बनाउन सिकाइदिनुस , जस्तो तपाइले 10 सेकण्डमा मिलियन डलर को पेन्टिङ बनाइदिनुभयो त्यसरी नै मैले पनि 10 सेकन्ड मा नभएपनी 10 मिनट मा राम्रो पेन्टिङ बनाउन सकु ,मलाई यस्तो बनाइदिनुस ।

पिकासोले मुस्कुराउदै भने - यो जुन मैले 10 सेकण्डमा पेन्टिङ बनाएको छु , यसलाई सिक्न मलाई 30 वर्ष लागेको छ , 

मैले आफ्नो जीवन को 30 साल सिक्नमा खर्चिए , तपाइले पनि दिनुस , सिक्नुहुनेछ ।

त्यसैले मित्रजनहरु ! जब हामीले अरुलाई सफल भएको देख्छौ भने यो हामीलाई धेरै सरल लाग्छ , हामीलाई लाग्छ कि यार ! यो मान्छे धेरै छिटो धेरै सरलतापुर्वक सफल भयो ,

तर मेरो साथीहरु ! त्यो सफलताको पछाडी थाहा छैन कति वर्षको मेहनत लुकेको हुन्छ , सङ्घर्ष लुकेको हुन्छ यो कसैले देख्न सक्दैन।

सफलता त धेरै सरलतापुर्वक भेटिन्छ तर त्यो सफलताको तयारीमा आफ्नो जीवन त्याग गरिएको हुन्छ , जो मान्छेहरु आफैलाई तपाएर सङ्घर्ष गरेर सफलता हासिल गर्दछ उनिहरु सफल हुन्छन र अरुलाई लाग्छ कि ऊ कति सजिलो र सरलतापुर्वक सफल भयो ।

साथीहरु ! एक्जाम त केवल 3 घण्टाको हुन्छ तर त्यो तीन घण्टाको लागि पुरै साल तयारी गर्नुपर्ने हुन्छ भने फेरि तपाईं रातारात सफल बन्ने सपना कसरी देख्न सक्नुहुन्छ ?  सफलताले अनुभव र संघर्ष माग्दछ , र तपाईं दिन को लागि तयार हुनुहुन्छ भने तपाइलाई अगाडि जानबाट कसैले रोक्न सक्दैन ।

भनिन्छ उद्धेश्य उसैले प्राप्त गर्दछ जसको सपनामा ज्यान हुन्छ , पखेटाले होइन हौसला ले उडान हुन्छ। 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad