जे हुन्छ राम्रो कै लागि हुन्छ ।

 

जङ्गलमा एउटा बाङ्गो रुख थियो, ऊ सधैं आफू बाङ्गो हुनु परेकोमा दु:ख मनाउ गर्ने गर्थ्यो । उसको सधैं एउटै गुनासो हुन्थ्यो कि भगवानले मलाई किन अरु रुखलाई जस्तो सर्लक्क सिधा र चिल्लो बनाएनन होला ? मलाई नै किन यस्तो कुरुप बनाए होला । मलाई कसैले माया गर्दैनन, कसैले फर्केरसम्म हेर्दैनन् । अन्य रुखको प्रशंशामा हजारौँ शब्दहरू खर्चिन तयार हुनेहरूले मेरो फेँदमा एकैछिन बस्ने बारेमा पनि सोच्दैनन । यस्तो जिन्दगी के जिन्दगी ? धिकार छ मैले जन्म लिनु । यस्तैमा एक दिन जङ्गलमा एक दाउरे आयो । उसले आफ्नो काँधमा धारिलो बन्चरो बोकेको थियो । दाउरेले त्यहाँ वरिपरि भएका सबै सिधा रुखहरू काट्यो मात्र एउटा रुख छोड्यो त्यो त्यही बाङ्गो रुख थियो । आफू बाङ्गो भएकाले नै आफू दाउरेको बञ्चरोले  काटिनबाट जोगिएकोमा पहिलो चोटि उसले परमेश्वरलाई धन्यवाद दियो । त्यही बेलामा आकाशबाट आवाज आयो, प्रिय रुख तिमीलाई मैले जानी जानी बाङ्गो बनाएको हुँ । यदी सबै रुख सीधा र सुरिला भएका भए दाउरेले सबै काटेर लैजाने थियो । कम्तिमा अब तिमी बाँकी छौँ । अब तिमीले बाटो हिंड्नेहरूको लागि छाहारी बन्नुछ, बास नहुने बन्यजन्तुहरूका लागि आवास बन्नुछ । त्यो आवाज स्वयम श्रीष्टी कर्ताको थियो ।   मित्रहरू तपाईं जस्तो हुनुहुन्छ त्यसमा खुशी हुनुस् इश्वर प्रति कृतज्ञ हुनुस् किनकी हरेक सृस्टिको पछाडि बलियो कारण लुकेको हुन्छ । भनिन्छ नि, जे हुन्छ राम्रो कै लागि हुन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad