श्रीकृष्ण जन्माष्टमीको आध्यात्मिक रहस्य।

 


कालचक्र घुमिरहन्छ केवल स्मृति बाँकी रहन्छ । त्यही स्मृतिलाई ताजा बनाउनको लागि जन्म दिवस, चाडपर्वहरू मनाइन्छ । त्यसैगरी हिन्दूधर्ममा मनाईने विभिन्न चाडपर्वहरूमा त्यसको आध्यात्मिक रहस्य लुकेको हुन्छ, त्यस रहस्यलाई बुझ्न जरूरी छ । विभिन्न चाडपर्वहरूमध्ये श्रीकृष्ण जन्माष्टमी पनि अति महान पर्व हो । जसको आगमनले सबैमा हर्ष, उमङ्ग, उत्साह छाउने गर्दछ ।
श्रीकृष्ण जन्माष्टमीलाई विभिन्न तरिकाबाट मनाउने गरिन्छ । कुनै ठाउँमा श्रीकृष्णलाई लड्डुगोपालको रूपमा झुलामा झुलाउने गरिन्छ । माटोको मट्का बनाएर फोड्ने पनि गरिन्छ । कहीँ श्रीकृष्णको झाकीहरू सजाउने गरिन्छ । वास्तवमा श्रीकृष्णको जन्ममा यस्तो के रहस्य छ होला जो यति हर्ष, उल्लासका साथ मनाइन्छ ? जो अरू देवीदेवताको जन्मोत्सवमा मनाइदैन ।
हुन त श्रीकृष्णको साथमा श्रीराधा पनि हुनुहन्छ तर उहाँको जन्मदिन यति धुमधामका साथ मनाइदैन जति श्रीकृष्णको मनाइन्छ । आज हरेक नारीको यो चाहना हुने गर्दछ कि श्रीकृष्ण जस्तो पति, बच्चा, साथी, भाइ मिलोस् । हरेकको यो पनि चाहना हुन्छ कि श्रीकृष्णको दर्शन मिलोस् । श्रीकृष्ण जब साक्षात् यस भूमिमा हुनुहुन्थ्यो तब त्यस समयको दृश्य कस्तो थियो होला ? भनाइ छ कि श्रीकृष्णको जन्म कंसको कारागारमा घोर अन्धकार रात्रीमा भएको थियो ।
अर्कोतिर शास्त्रमा यो पनि देखाईएको छ कि चारैतिर पानी नै पानीले भरिएको सागरको बीचमा पिपलको पत्तामा श्रीकृष्ण औंला चुस्दै आउनुभएको  अब यो दुईवटा कुरालाई बुझ्यौं भने एउटै त छैन दुवैमा सत्य कुन हो त ? के साँच्चिकै श्रीकृष्णको जन्म कारागारमा भएको थियो त ? यो पनि भनाई छ कि जब श्रीकृष्ण यो संसारमा हुनुहुन्थ्यो तब उहाँ १६ कला सम्पूर्ण निर्विकरी हुनुहुन्थ्यो भनिन्छ । त्यस समयको समाज कस्तो थियो जहाँ यस्तो पावन आत्माले जन्म लिनुभयो । त्यो समाजमा के कारागारमा थियो होला त ? यो पनि कुनै कुराको संकेत या प्रतीक हो । त्यसैले श्रीकृष्णको जन्मोत्सव मनाऊ तर जानकारीका साथ मनाउन जरूरी छ ।
 
भन्नुको भावार्थ यही हो कि, कारागार यानी बन्धन । कलियुगमा हामीले देख्यौं भने हरेक व्यक्तिको जीवनमा कति बन्धन छन् । कारावास यानी अज्ञानता, अनैतिकता, अनेक बन्धन, विकारहरूले मनको मन भरिएको छ । श्रीकृष्णलाई भनिन्छ जब उहाँ हरेक मनुष्य आत्मालाई उद्वार गर्न आउनुहुन्छ अर्थात् परमात्मा जब यस संसारमा आउनु हुन्छ, तब यस्तो अवस्था भएको हुन्छ । तब ती मनुष्यआत्माहरूलाई उक्त बन्धन, विकार र अज्ञानताबाट मुक्त गरेर श्रीकृष्णको दुनियामा लैजानु हुन्छ ।
त्यसैले उक्त दुनियाँमा श्रीकृष्ण जस्तो पावन आत्माहरूको जन्म हुन्छ । अर्कोतिर चारैतिर पानी नै पानीको बीचमा पिपलको पत्तामा श्रीकृष्ण औंला चुस्दै यस संसार आउनुहुन्छ, भन्नुको अर्थ कलियुग अज्ञानताको दुनिया जब समाप्त हुन्छ, तब पावन दुनियाँ यस संसारमा आउँछ । बाँकी चारैतिर जलमग्न पनि हुन्छ र केही भागमा पावन दुनियाँ सत्ययुग रहन्छ जसको आकृति पिपलको पत्ता जति रहन्छ, कृष्णले जन्म लिनु हुन्छ । देवकी भनेको देवकुलको आत्माहरू हुन जसलाई परमात्माले देव लोकमा लैजानु हुन्छ । जसलाई स्वर्ग, वैकुण्ठ, बहिस्थ, जन्नत अनेक धर्मले आ–आफ्नो नामले चिन्ने गर्दछन् ।
सत्ययुगमा श्रीकृष्णको कति जन्म हुन्छ ? उहाँको आठ जन्म हुन्छ हर जन्म यति श्रेष्ठ हुने भएकोले जन्मोत्सवको रूपमा मनाइन्छ । जसबाट हामीलाई पनि प्रेरणा मिल्छ कि हामी पनि त्यस दुनियामा जाने योग्य बन्न सकौं । जहाँ सबै आत्मा यति पावन सर्वगुण सम्पन्न १७ कला सम्पूर्ण–सम्पूर्ण निर्विकारी हुन्छन् । त्यहाँ जाने इच्छा हरेक मानिसलाई हुने गर्छ । त्यसैले श्रीकृष्णको आठै नम्बरको जन्मोत्सव बडो धुमधामका साथ मनाइन्छ ।
यसैको यादगार जन्माष्टमी पछि नवौं नम्बरमा श्रीराम आउनुहुन्छ त्यसैले रामनवमी भनिन्छ । श्रीकृष्णको लागि यो भजन गाउने गरिन्छ, ‘श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवाय’ अर्थात् बच्पनमा जसलाई श्रीकृष्ण भनिन्छ थोरै ठूलो हुँदा गोविन्द, अली ठूलो हुँदा हरेमुरारी भनियो जब राजगद्दीमा बस्नुहुन्छ तब नाथ नारायण भनिन्छ । एकै जन्मका यी विभिन्न अवस्था अनुसारका नाम हुन् । यदि श्री लक्ष्मी र श्री नारायण सत्ययुगमा भएपछि उहाँको बचपनको समय कहाँ हुन्छ अवश्य सत्युगमा हुन्छ ।
त्यसैले श्रीकृष्ण द्वारयुगमा नभएर सत्ययुगको पहिलो राजकुमार भएकोले पिपलको पत्तामा औँला चुस्दै यस संसारमा आउनुहुन्छ । जब यो संसारमा चारैतिर डुबाएर जलमग्न हुन्छ यस्तो समयमा नयाँ स्वर्णिम युगमा पहिलो राजकुमारको रूपमा उहाँको जन्म हुन्छ, उहाँ नै नाथ नारायण पनि बन्नुहुन्छ । त्यसैले जब लक्ष्मी नारायणको राज्य थियो त्यसलाई भनिन्छ सूर्यवंशी सूर्यको समान चम्किलो आभामण्डलमा हर कोही १६; कला सम्पूर्ण स्थितिमा रहन्छन् । जसरी सत्ययुग पछि दोस्रो युग आउँछ त्रेतायुग त्यहाँ चन्द्रवंश प्रारम्भ हुन्छ । त्यसैले भनिन्छ रामको पूर्वज सूर्यवंशी थिए ।
तर जहाँबाट श्री राम आउनुभयो त्यहाँबाट चन्द्रवंश प्रारम्भ भयो । त्यही कारणले श्रीरामचन्द्र भनिन्छ । सूर्य नारायण पनि भनिन्छ । श्री कृष्णको स्वरूप सत्ययुगको श्री नारायणको बचपनको स्वरूप हो श्रीराम त्रेतायुग को स्वरूप हो । त्यसैले यति सुन्दर श्रीकृष्णको सुन्दर जयन्ती मनाऊ र आफ्नो जीवनमा पनि यो प्रेरणा प्राप्त गरौं । हामीले पनि यस कलियुगी दुनियाँ पछि जुन सत्ययुग आउँदैछ । त्यस दुनियाँमा श्रीकृष्णको साथमा खेल्न, जीवन व्यतीत गर्नको लागि यस्तो योग्य पात्र बनाऔं । जुन उहाँको महिमा गाउँछाँै । त्यो योग्य पात्र हामी पनि बनाऊ । यति भन्दै यी शब्दको साथमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad