संसारमा केही व्यक्तिहरू यस्ता हुन्छन् जसको जीवनले अन्धकारमा उज्यालो देखाउने काम गर्छ। तिनैमध्ये एक हुन् – स्टीफन हकिङ।
एक वैज्ञानिक मात्र नभई, अपांगताको बाबजुद पनि निरन्तर सोच्ने, सिर्जना गर्ने, र प्रेरणा दिने व्यक्तित्व, जसले प्रमाणित गरिदिए — "शरीर अपांग हुन सक्दछ, तर मन र सोच कहिल्यै अपांग हुँदैन।"
स्टीफन हकिङको जन्म सन् १९४२ मा बेलायतमा भएको थियो। प्रारम्भिक जीवनमा उनी एक सामान्य बालक थिए, तर विज्ञानप्रति अत्यधिक रुचि राख्थे। उनी क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा २१ वर्षको उमेरमा उनलाई एक गम्भीर रोग – Motor Neuron Disease (ALS) लागेको थाहा भयो। डाक्टरहरूले भने, "अब तिमी दुई वर्षभन्दा बढी बाँच्नेछैनौं।" तर उनले हार मानेनन्। उनले समयको गणित उल्ट्याए – जहाँ दुई वर्ष भनिएको थियो, उनी ५० वर्षभन्दा बढी समय बाँचेर विश्वलाई नयाँ सोच दिए।
शरीर चल्दैनथ्यो, तर दिमागले ब्रह्माण्ड नापिरहेको थियो। उनले ब्ल्याक होल, बिग बाङ्ग, र ब्रह्माण्डका रहस्यहरू बुझ्न महत्त्वपूर्ण खोजहरू गरे। उनको चर्चित पुस्तक "A Brief History of Time" ले विज्ञानलाई जनसाधारणसम्म पुर्यायो।उनले एउटा यन्त्रको सहायता लिँदै बोल्थे – बिस्तारै, तर स्पष्ट। उनको आवाज यन्त्रको थियो, तर विचार सम्पूर्ण मानव जातिका लागि थियो।
✍️स्टीफन हकिङको जीवन हामीलाई सिकाउँछ:
✅अवस्थाभन्दा सोच ठूलो हुन्छ।
✅समस्या आयो भने झुक्नु होइन, जुध्नुपर्छ।
✅कहिल्यै हार नमाने मानिसले असम्भवलाई सम्भवमा बदल्न सक्छ।
✍️उनको एक भनाइ आज पनि लाखौं युवाहरूको प्रेरणा बनेको छ
"Where there is life, there is hope."
(जहाँ जीवन छ, त्यहाँ आशा पनि छ।)
✍️स्टीफन हकिङले देखाए, जीवनमा चुनौतीहरू अनगिन्ती आउँछन्, तर ती चुनौतीहरू जित्न सकिन्छ आत्मबल, संकल्प र निरन्तरता मार्फत।
उनको जीवन आफैंमा एक चल्दै नचल्ने शरीरभित्रको अग्नि झैं थियो, जसले सारा संसारलाई उज्यालो पार्यो।
👉 हामी पनि हाम्रो समस्यालाई बहाना होइन, शक्ति बनाऔं।
👉 सपना देख्न र तिनलाई पुरा गर्न कहिल्यै ढिलो हुँदैन।