महाभारतले दिएको १० महत्वपूर्ण ज्ञान ( प्रेरक भनाईहरू)


 १. सन्तानको गलत माग र हट माथि समयमानै अंकुस नलगाए अन्त्यमा तपाईं असहाय हुनुहुने छ । - कौरव

२. सन्तानलाई यती धेरै महत्वाकाक्षी नबनाउनुहोस् कि बिधी  दुरुपयोग गरी स्वयंलाई नाश गरेर सर्वनास आमन्त्रित गरुन् । - अशोत्थामा 

३. तपाईं जतिसुकै बलवान भएता पनि अधर्मको साथ हुनुहुन्छ भने तपाईंको बिधा, अस्त्र, सस्त्र, शक्ति र बरदान सबै निस्फल भएर जान्छ । - कर्ण 

४. कहिले कसैलाई यस्तो बचन नदिनुस् कि अधर्मिको अगाडि समर्पण गर्न परोस् ।  - भिष्म पितामह 

५. सम्पत्ती, सत्ता र शक्तिको दुरुपयोग र दुराचारीको साथले अन्त्यमा स्वयम् नाशको दर्शन गराउँछ ।- दुर्योधन 

६. मुद्रा, मदिरा, अज्ञान, मोह, काम र सत्ता अन्ध ब्यक्तिको हातमा दियो भने बिनास तर्फ लिएर जान्छ ।- धृतरास्ट्र 

७. यदी ब्यक्ति बिधा,विवेकले र धर्मले बाँधिएको छ भने बिजय अवश्य हुने छ ।- अर्जुन 

८. हरेक काममा छल, कपट र प्रपन्च रचेर तपाईं सधैं भरी सफल हुन सक्नु हुन्न । - सकुनी 

९. यदी तपाईं निती, धर्म र कर्मको सफलता पूर्वक पालना गर्नुहुन्छ भने विश्वको कुनै पनि शक्तिले तपाईंलाई पराजित गर्न सक्दैन ।- यूधिस्ठिर 

१०. परिवार, छोराहरु कुन बाटो हिडिरहेका छन् बिचार नगर्नाले र असत्यलाई बेलैमा बुझेर नरोक्नाले आफ्नो वङ्श नाश हुन्छ ! 

- गान्धारी

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad