१. दिनभरि काे समीक्षा गर्नुहोस्।
आज के-के राम्रो भयो र के सुधार गर्न सकिन्छ भनेर शान्त मनले सम्झनुहोस्।
(आफ्नै गल्ती र उपलब्धि स्वीकार्नु ठूलो कुरा हो।)
२. आभार प्रकट गर्नुहोस् (Gratitude)।
आज दिनभरि भेटिएका मान्छे, भएका अवसर र सिकाइप्रति मनदेखि धन्यवाद भन्नुहोस्।
३. सबै चिन्ता कागजमा लेखेर टुक्र्याउनुहोस्।
टाउकोमा बोकेका चिन्ताहरू लेखेर छुट्ट्याउनुहोस्। लेखेपछि मन हलुका हुन्छ।
(“भोली समाधान गर्ने छु” भनेर आफूलाई आश्वासन दिनुहोस्।)
४. मोबाइल/स्क्रिन टाढा राख्नुहोस्।
सुत्नुअघि कम्तीमा ३० मिनेट पहिल्यै मोबाइल, टीभीजस्ता स्क्रिनबाट टाढा बस्नुस्।
(यसले निन्द्रा राम्रो बनाउँछ।)
५. हल्का ध्यान वा श्वास-प्रश्वासको अभ्यास गर्नुहोस्।
५ मिनेट गहिरो श्वास लिएर छोड्ने अभ्यासले मन र शरीर दुवै शान्त हुन्छ।
६. भोलीको योजना तयार गर्नुहोस्।
भोलिको महत्वपूर्ण ३–५ कामहरूको सूची (To-Do List) छोटकरीमा लेख्नुस्।
(यसले तपाईंको मस्तिष्कलाई सजिलै विश्राम दिन्छ।)
७. आत्मालाई माफ गर्नुहोस्।
आफूले गरेको गल्तीका लागि आफैंलाई माफ गर्नुहोस्। अरुलाई पनि मनमनै क्षमा दिनुहोस्।
(रातको निन्दा शान्त र मीठो हुन्छ।)
८. प्रेरणादायी पुस्तक पढ्नुहोस्।
सुत्नुअघि ५–१० मिनेट सकारात्मक, ज्ञानवर्द्धक वा आत्म-सुधारको किताब पढ्नुस्।
९. सफा र शान्त वातावरण बनाउनुहोस्।
आफ्नो कोठा सफा राख्नुहोस्। सजिलो, न्यानो ओछ्यान र हल्का सुगन्धले निन्दा गहिरो बनाउँछ।
१०. आफैंलाई प्रेम गर्नुहोस्।
निदाउनु अघि आफूलाई एउटा मीठो सन्देश दिनुहोस्:
("म आज पनि अघि बढेँ। म आफूलाई माया गर्छु। म सक्षम छु।" )
यी अभ्यासहरूले तपाईंको रात शान्त, निन्द्रा गहिरो, र भोलिपल्टको ऊर्जा अत्यन्तै उच्च बनाउनेछ। जीवनमा ठूलो परिवर्तन सानोतिनो बानी सुधारले नै ल्याउँछ।