एक दिन मोहनदास करमचन्द गान्धी ट्रेनमा गोराहरू बसेको
डिब्बामा बस्न पुग्दछन् । त्यसताका गोराहरू अन्य जातिलाई मान्छे नै ठान्दैनथे, यसर्थ उनलाई त्यहा धेरै अपमान गरी खेदे । यस अपमानबाट
प्रताडित उनले आफ्नो देशबाट गोराहरूलाई खेद्ने भष्म प्रतिज्ञा ठोके । र, १९४५ मा उनको प्रतिज्ञा
साकार भएरै छाड्यो ।
विथोविनले आफ्नो प्रशिक्षकसँग भावाइलिन सिकिरहेका थिए । तर
उनको प्रगती अन्यको तुलनामा गतिलो थिएन । यसैमा एकदिन उनको प्रशिक्षकले मुखै फोडी
भनिदिए - तिमी संगीतकारको रूपमा सफल हुने आशा छैन । यसबाट उनले इख लिए र प्रतिज्ञा
ठोके - एकदिन सफल भएरै देखाइदिन्छु ।
गणेशमान सिंह काजी खलकको भएकाले राणाकालमा पनि घोडा चढ्दै
थिए । त्यसैमा एकजना राणले रैतीले कहाँ घोडा चढ्न पाउछ भनी अपमान गरेछ । यसले उनको
मथिंगल ततायो र तानाशाह राणाहरूलाई राज्यच्युत गर्ने संकल्प लिए ।
गौतम बुद्ध पटक पटक प्रयाश गर्दा पनि ध्यानमा लिन हुन
सकिरहेका थिएनन् । यस्तैमा उनले प्रतिज्ञा ठोके, जबसम्म
ध्यान प्रप्त हुदैन तबसम्म पलेटी खोल्दिन ।
जर्ज बर्नाड शा लेखक बन्न चाहन्थे । यद्यपी उनको लेखनस्तर
बढिरहेको थिएन । यस्तैमा उनले संकल्प गरे कि प्रत्येक दिन पाचँ पन्ना लेखेर आफ्नो
क्षमता सुधार्छु । र, अन्तत उनी सफल बने ।
कतीपय आविष्कार गर्ने क्रममा थोमस एडिसनले प्रतिज्ञा ठोकेका
थिए की जबसम्म सही मार्ग पत्ता लागउदिन तबसम्म खानै खादिन ।
सबै महापुरूषहरू जन्मजातै महान् बनेका होइनन् । उनीहरू पनि सामान्य थिए । तर उनीहरूलाई यसरी महापुरूष बनाउन मद्दत गर्यो - भिष्म प्रतिज्ञाले र संकल्पले ।