कुनै समयको कुरा हो एक अपराधीलाई उसले गरेको अपराधको लागि सजायँ सुनाइदै थियो । सजायँ उत्त राज्यका स्वयम राजाले सुनाउदै थिए ।अपराधीलाई के सजायँ सुनाइन्छ होला भन्ने जिज्ञासाले त्यहाँ धेरै मानिसहरू जम्मा भएका थिए । त्यही बीचमा राजा टक्क अपराधीको अगाडि आउछन र भन्छन -"ल भन म तिमीलाई दुई सजायँ दिदै छु र ती दुई मध्ये तिमीले कुनै एक रोज्नुपर्ने हुन्छ ।
पहिलो तिमीलाई सबैको अगाडि बीच बाटोमा डोरिले झुन्ड्याएर मारिने छ दोस्रो तिमीलाई ठुलो,डर लाग्दो अँध्यारो फलामको गेट पछाडि जे छ त्यसको सामना गर्नु पर्ने छ भन तँ कुन सजायँ रोज्छौ?" त्यो अपराधीले एक सेकेन्ड पनि नसोचिकन जवाफ दियो कि ऊ त्यो अपरिचित गेट भित्र छिरेर त्यसको सामना गर्नुको साटो डोरिमा झुन्डिएर मर्ने बिकल्प रोज्छ । उसको रोजाइअनुसार जब उसलाई मृत्युको तखतामा झुन्ड्याएर डोरी तान्न मात्र के लागिएको थियो उसले राजा तर्फ हेरेर भन्छ-" हुन त महाराज मैले झुन्डिएरै मर्ने बिकल्प रोजेको छु तैपनी किन हो किन मर्नु भन्दा अगाडि मलाई साह्रै जान्ने इच्छ भयो कि दोस्रो बिकल्प यानेकी त्यो डर लाग्दो ठुलो फलामको गेट पछाडि के छ ?" तब राजाले हाँस्दै भन्छन-" हुन त आजसम्म जो-जसलाई मैले यी दुई बिकल्प दिएको छु ती सबैले डोरिमै झुन्डिने बिकल्प रोजेका छन तर तिमीले सोधी हाल्यौ म नभनु पनि किन र त्यो अपरिचित, ठुलो, अध्यारो, डर लाग्दो भनिएको फलामको गेट पछाडि स्वतन्त्रता छ अर्थात त्यो बिकल्प रोज्नेको सजाय् माफ हुन्छ । तर मान्छेहरू यती बुद्धधु छन् कि उनिहरू अपरिचित कुरा फेस गर्नुको सट्टा परिचित कुरा फेस गर्न राजी हुन्छन र मृत्युबरण गर्न पुग्छन ।"
त्यसैले मित्रहरू अङ्रेजीमा एउटा भनाइ छ people choose known hell than unknow heaven अर्थात मानिसहरू अपरिचित स्वर्गको सट्टा परिचित् नर्कमा बस्न मन पराउछन किनकी अपरिचित कुरा फेस गर्न उनिहरू डराउँछन । यो कथाको मुख्य मर्म पनि यही होकी हामी परिचित कुरामा मात्र सिमित हुन्छौ कुनै नयाँ कुरा गर्न risk लिन चाहदैनौ । पुरानै काम,पुरानै तरिका,पुरानै सोचाइ,पुरानै धारणा, पुरानै विश्वास । जबसम्म हामी पुरानोलाई त्याग्ने साहस गर्न सक्दैनौ तब सम्म नयाँ पाउने आशा नगर्दा हुन्छ । हिऊँ हिऊँ रहिरहन खोज्यो भने कसरी त्यो पानी बन्छ ? पानी पानी नै रहन खोज्यो भने कसरी त्यो बादल बनेर आकाशमा उड्न सक्छ ? बीऊ बीऊ नै रहन खोज्यो भने कसरी त्यो रुख बन्न सक्छ ? आँफैलाई गुमाउने आँट नगरे सम्म नयाँ जीवन पाउन सकिदैन ।आँफैलाई गुमाउने भनेको के त ? आफ्नो पुरानो सोचाइलाई बदल्ने आँट, पुरानो खराब आदतलाई छोड्ने आँट,पुरानो तरिका र शैलिको सट्टा नयालाई अँगाल्ने साहस् । तर बिडम्बना यो भैदियो कि हामी गर्छौ पुरानै काम तर खोज्छौ नयाँ रिजल्ट । त्यो कसरी सम्भब हुन्छ । हिजो जे गर्थ्यौ आज पनि त्यही गर्छौ भने भोलि त्यही पाउने छौ जे आज पाइरहेका छौ । फरक कुरा पाउनको लागि फरक कुरा गर्न जरुरी हुन्छ ।
