संसारकै धनी व्यक्ति त्यो हो जसको धनभन्दा पनि ठूलो निस्वार्थ मन छ।

 


जुन बेला संसारमा  विभिन्न म्यागजिन मिडिया तथा धनीहरूको लिस्टमा बिलगेट्सले मात्र एक छत्र स्थान जमाइरहेका थिए त्यही बखत उनलाई सोधियो " बिल गेट्स ज्यू के यो संसारमा तपाईं भन्दा पनि धनी मान्छे छन ?" उनले भने छन, म भन्दा पनि  धनी ब्यक्ती छन संसारमा, ती अहिले एअरपोर्टमा पत्रिका बेच्ने काम गर्छन । बिल गेट्सको यस्तो कुराले पत्रकारहरू दङ्ग पर्छन, एउटा पत्रिका बेच्ने मान्छे कसरी उनी भन्दा धनी हुन  सक्छन् ? पत्रकारहरूको जवाफमा बिल गेट्सले भन्छन- 

आज भन्दा छब्बिस वर्ष अगाडी  मलाई कसैले पनि चिन्दैनथे नत मसँग अहिले जस्तो धन सम्पत्ति र माइक्रोसफ्ट कम्पनी नै थियो  त्यो बेला म कतै जादै थिएँ । म एयरपोर्टमा थिएँ, मलाई पत्रिका पढ्न मन लाग्यो तर मसँग खल्तिमा पत्रिका किन्ने पैसासम्म थिएन । त्यो बेलामा एक ब्यक्ती आए उनले मेरो अवस्था बुझेर मलाई सित्तैमा पत्रिका दिएर गए । छब्बिस बर्ष पछाडि फेरि मेरो ती पत्रिका बेच्ने दाई सँग भेट भयो, मैले पूरानो कुरा सम्झाउदै उनलाई पत्रिकाको पैसा मात्र होइन दुई तीन हजार डलर नै दिन खोजेँ तर उनले एक पैसा पनि लिन मानेनन । उनले भने - मैले तपाईंलाई त्यो बेला सहयोग गरेको थिएँ जुन बेला तपाईंलाई कसैले चिन्दैनथे,तपाइसँग अहिले जस्तो दाम पनि थिएन नाम पनि थिएन । मैले तपाईंलाई कुनै आशा र अपेक्षा नराखी सित्तैमा पत्रिकादिएको थिएँ त्यसैले अहिले तपाईं धनी हुनुभयो भन्दैमा त्यो पैसा मैले फिर्ता लिन्नँ । " जब ती पत्रिका बेच्ने ब्यक्तिको कुरा सुनेँ, मलाई लाग्यो उनी मभन्दा निकै धनी रहेछन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad