नैतिकता र आज्ञाकारीताका प्रतिमूर्ती कासाबियङ्काको कथा यस्तो छ । फ्रान्स र इङ्ल्याण्डको बीचमा युद्द चलिरहेको थियो । कासाबियङ्काका बाबु फ्रान्सका तर्फ बाट इङ्ल्याण्डका बिरुद्द लडिरहेका थिए । फ्रेन्च पानीजहाजमा आफ्नो प्यारो छोरालाई छोडेर जब उनका बाबु युद्द मैदानमा जादै थिए तब उनको सन्देश थियो कि छोरा तिमी यही पानीजहाजमा बसिरहनु । मेरो अनुमती बेगर तिमी कतै पनि जाने काम नगर्नु । कासाबियङ्काले हुन्छ बाबा भनेर टाउको हल्लायो । बाबु लडाईंमा गए । तर अचानक पानीजहाजमा आगो सल्कियो । आगो जहाजभरी फैलियो । कासाबियङ्का चिच्यायो बाबा म यो ठाउँ छोडेर भागौँ ?? बाहिर बाट कुनै आवाज आएन । बाबा म मर्न थालिसकेँ, के म यो ठाउँ छोडेर अन्यत्र भागौँ ? अहँ कुनै जवाफ आएन । आगो दन्दनी दन्किरहेको थियो । कासाबियङ्का अन्तिम चोटि चिच्यायो बाबा केही त बोल्नुस्, प्लिज मलाई यो ठाउँ छोडेर भाग्ने अनुमती दिनुस् । म तपाईंको बचन काट्न सक्दिनँ, आगोले मार्न लागिसक्यो बाबा । के म भागौ ? कुनै उत्तर आएन बाबाबाट किनकी युद्दमा उसका बाबाले ज्यान गुमाइसकेका थिए । यसरी बाबाको अनुमतिको पर्खाइमा बस्दाबस्दै आगोले कासाबियङ्कालाई समेत् जलाएर खरानी बनाउँछ । कासाबियङ्का जलेर मर्न तयार हुन्छ तर आफ्नो पिताको बचन तोड्ने कल्पना गर्दैन । हो, आज्ञाकारीता होस् त काशाबियङ्काको जस्तो,कमिट्मेन्ट होस् त कासाबियङ्काको जस्तो । कासाबियङ्का मर्न तयार भयो तर आफ्नो बचन बद्धताबाट च्युत हुन चाहेन । हो,कहिलेकाही तिमीले काम गर्छौ रिजल्ट आउँदैन,तिमिले बीऊ रोप्छौँ बिरुवा उम्रिदैन । तिम्रो धर्यताको बाँध भत्किन खोज्दछ , तैपनि तिमी आफ्नो बचनबद्धतामा अडिग हुनु । तैपनि तिमी आफ्नो अनुशासनबाट बिचलित नहुनु । किनकी आफूले इच्छाएको काम गर्दै नगर्नु भन्दा अती उत्तम हुन्छ कि गर्नु तर असफल हुनु । यो असफलतामा पनि छुट्टै मिठास लुकेको हुन्छ ।
तिम्रो धर्यताको बाँध भत्किन खोज्दछ , तैपनि तिमी आफ्नो बचनबद्धतामा अडिग हुनु ।
0
March 13, 2025

Tags