ढुकुर र शिकारीको कथा । बच्चाबेलामा कथाको सार खासै बुझे जस्तो लाग्दैन तर अहिले कथाले भन्न खोजेको अर्थ बुझ्दैछु । एक चोटि एउटा कमिला खानेकुराको खोजिमा नदी तिरमा डुल्दै थियो त्यसै बेला अचानक नदिमा बाढी आएर ऊ नदिमा बग्दै थियो । कमिला नदिमा बग्दै गरेको नजिकैको रुखमा बसेको ढुकुरले हेरिरहेको थियो । उसले कमिलाले अकालमा ज्यान गुमाउन लागेको देखी झट्पट रुखको पात आफ्नो चुच्चोले च्यापेर बगिरहेको कमिला नजिक जान्छ । कमिला उक्त पातमा चढेर आफ्नो ज्यान जोगाउँछ । आफ्नो गुम्नै लागेको ज्यान बँचाइदिएकोमा कमिला ढुकुर प्रति कृतज्ञ हुन्छ र मनमनै सोच्छ कि मौका पर्दा मैले पनि ढुकुरलाई मद्धत गर्नेछु भनेर । दिन बित्दै जान्छन्,ऋतु फेरिदै जान्छन् । एक दिनको कुरा हो प्रचण्ड गर्मी थियो, ढुकुर रुखमा बसेर आराम गरिरहेको थियो त्यत्तिकैमा कमिलाले देख्छ कि एक शिकारीले बन्दुक काँधमा राखेर ढुकुर तिर निशाना साँधिरहेको छ, । एक छिन् पनि ढिला भो भने ढुकुरको जीन्दगी धरापमा छ । कमिलाले ढुकुरले लगाएको गुन सम्झिन्छ र ढुकुरको ज्यान जोगाउनु आफ्नो कर्तब्य ठान्छ । यसरी ढुकुरलाई ताकेर बन्दुक हान्न लागेको शिकारीको खुट्टामै गएर उसले नराम्ररी टोकिदिन्छ । कमिलाको टोकाइको दु:खाइ सहन नसकेर ढुकुरलाई ताकेको शिकारीको बन्दुकको निशाना अन्यत्र गएर लाग्छ । शिकारी दु:खाइले चिच्याउँछ भने आफ्नो ज्यान बँचाएकोमा ढुकुर भने कमिलालाई धन्यवाद दिदै अन्यत्र तिर उड्छ । मित्रहरू यो स्वार्थै स्वार्थले भरिएको यस् संसारमा यस् कथाले मानिसहरू लाई एक अर्काको गुन सम्झिन झक्झक्याउँछ । हामी यती भुलक्कड भैसक्यौ कि हामी आफ्नै आमा बाबाले लगाएको गुन पनि कती छिट्टै बिर्सिन्छौ ।