एक जना टोपी ब्यापारी छवालिका टोपी बुनेर बेच्नका लागि शहर जान्छ । गर्मियाममा आफ्नो मुहारलाई सुर्यको किरणबाट जोगाउन मान्छेहरूले ती टोपी लगाउने गर्थे । टोपी टोपी टोपी सय रुपैयामा आयो टोपी । चर्को घाममा टोपी बेच्दा बेच्दै थाकेको टोपी ब्यापारी एकछिन आराम गर्नका लागि चौतारोको पिपल बोट मुनी निदाउछ । उक्त ब्यापारी निदाइरहेको बेला त्यहाँ एक हुल बाँदर आउछन र उसको टोकरी बाट एक एक टोपी निकालेर शिरमा लगाउदै रुखमा चढ्दै गर्छन् । जब ब्यापारी ब्युँझियो, यसो हेर्छ त टोकरीमा एउटा पनि टोपी छैनन , खोइ मेरा टोपी ?? ब्यापारी चिच्याउछ । यसो रुख तिर हेर्छ त रुखमा सबै बाँदरहरूले उसले लगाए जस्तै गरी आफ्नो आफ्नो टाउकोमा टोपी लगाएर एक हागो बाट अर्को हाँगो मा कुस्ती खेलिरहेका छन । अब के गर्ने ?? ब्यापारीले एक छिन् बिचार गर्यो, यदी यी बाँदरलाई धपायो भने झन टाढा टाढा जान्छन , यदी यिनिहरूले मैले टोपी लगाएको नक्कल गरेका हुन भने मैले अर्कै जुक्ती लगाउनु पर्छ ।
अचानक ब्यापारीले आफ्नो शिरको टोपी झिकेर भुइमा मिल्क्यायो।। अचम्म भो कि ब्यापारीले टोपी भुइमा के फालेको थियो रुखमा भएका बाँदरहरूले पनि एक एक टोपी भुइमा मिल्क्याउन थाले । अब के चाहियो ब्यापारीले पनि टपाटप भुइमा खसेका टोपी बाकसमा राखेर आफ्नो बाटो लाग्यो ।
त्यसैले मित्रहरू सबै ठाउँमा डर धम्की र रिस ले मात्र काम गर्दैन धेरै जसो ठाउँमा बुद्धिमता र चलाखीबाट काम लिन सक्नुपर्दछ। ।