• About Us
  • Contact us
  • Privacy Policy
  • Documentation

safal jivan ko yatra

  • गृहपृष्ठ
  • विस्तृत शीर्षक
  • सफलताका सुत्रहरु
  • _सफलताको मुलमन्त्र
  • _प्रेरणादायक कहानी
  • _प्रेरक भनाईहरु
  • _दर्शन
  • __योग दर्शन
  • __जिवन दर्शन
  • _प्रेरक ज्ञान
  • परामर्श
  • मोटिवेशन
  • _मोटिवेशनल स्पीच
  • _सेल्फ इम्प्रोवमेन्ट
  • युटुब बाट प्रसारण
  • In English
Type Here to Get Search Results !
Homeप्रेरक ज्ञानश्रीमद्भागवत गीताको मुख्य सार:

श्रीमद्भागवत गीताको मुख्य सार:

0 safal jivanko yatra February 22, 2025

 


‘श्रीमद्भागवत गीता’ हिन्दू धर्मको पवित्रतम ग्रन्थ हो।  जीवन उपयोगी र व्यावहारिक ज्ञानको लागि श्रीमद्भागवत गीता अत्यन्त उपयोगी रहेको छ। यसमा १८ अध्याय छन्। श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो। जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ, त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आईपरेको समस्यादेखि डराएर आफ्नो धर्म र कर्मबाट  विमुख हुन्छन्। यो समस्या हर व्यक्तिलाई आइपर्ने समस्या हो।  भगवद्गीतामा लिखित ज्ञान हर कोहीलाई पनि आवश्यक छ। जसले आफ्नो जीवनमा त्यसलाई उपयोग गरेर समस्याको हल गर्न सक्छ र नयाँ नयाँ आइडियाबाट जीवन कसरी जिउने एउटा जीवन जिउने कला भगवत गीताबाट हामीले सिक्न सकिन्छ। संक्षिप्त रूपमा गीताको सारलाई यहाँ प्रस्तुत गरिएको छ।

किन व्यर्थ चिन्ता गर्छौ? को देखि डराउछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्मन्छ न मर्छ।

  • जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर। वर्तमान चलिरहेको छ।
  • तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।
  • परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ।
  • मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।
Tags
प्रेरक ज्ञान
  • Newer

  • Older

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

Your Responsive Ads code (Google Ads)

Translate

Header Ads Widget

Social Plugin

  • facebook
  • twitter
  • whatsapp
  • reddit
  • pinterest
  • vk
  • instagram
  • youtube

Popular Posts

जीवनमा अगाडि बढ्नको लागि अरुको सल्लाह र मद्दतको उपयोग गर्नुस्।
प्रेरक ज्ञान

जीवनमा अगाडि बढ्नको लागि अरुको सल्लाह र मद्दतको उपयोग गर्नुस्।

January 20, 2025
महाशिवरात्री पर्वको आध्यात्मिक रहस्य।

महाशिवरात्री पर्वको आध्यात्मिक रहस्य।

February 22, 2025
सबै मानव आत्माका पिता एक  परमात्मा एक विश्व परिवार

सबै मानव आत्माका पिता एक परमात्मा एक विश्व परिवार

April 10, 2022
प्रतिज्ञा र संकल्पको शक्ति

प्रतिज्ञा र संकल्पको शक्ति

April 08, 2022
आँधी आयो भनेर किन डराउने  आखिर यो पनि त भगवानको हातमा छ ?

आँधी आयो भनेर किन डराउने आखिर यो पनि त भगवानको हातमा छ ?

January 20, 2025

Labels

  • Self Improvement 2
  • जिवन दर्शन 5
  • जिवन दर्शन प्रेरक ज्ञान 4
  • प्रेरक ज्ञान 32
  • प्रेरक ज्ञान योग दर्शन 3
  • प्रेरक भनाइहरु 3
  • प्रेरक भनाईहरु 1
  • प्रेरणादायक कहानी 17
  • मोटिवेशनल स्पीच 12
  • योग दर्शन 4
  • सफलताको मुलमन्त्र 4

Categories

  • Self Improvement 2
  • जिवन दर्शन 5
  • जिवन दर्शन प्रेरक ज्ञान 4
  • प्रेरक ज्ञान 32
  • प्रेरक ज्ञान योग दर्शन 3
  • प्रेरक भनाइहरु 3
  • प्रेरक भनाईहरु 1
  • प्रेरणादायक कहानी 17
  • मोटिवेशनल स्पीच 12
  • योग दर्शन 4
  • सफलताको मुलमन्त्र 4

Follow Us

  • Home
  • About
  • Contact us
  • Privacy Policy

Footer Copyright

Copyright (c) 2020 Motivation with laxman All Right Reseved

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

Contact form