समयको मूल्य

एक दिन पुस्तक पसलमा ग्राहक आए । केहीक्षण पुस्तक हेरिसकेपछी उनले पसलको एक कर्मचारीसित सोधे " यो पुस्तकको मूल्य कति हो ? "

जवाफ मिल्यो " एक डलर "
" केही कम हुन सक्दैन ? "
" कम गर्न सकिँदैन ", पसलको कर्मचारीले स्पष्टसँग भनिदिए ।
ग्राहकले केहीक्षण सम्म अर्को पुस्तक हेर्न थाले , फेरि उनले कर्मचारी सित सोधे " के तपाईं पसलको मालिकलाइ बोलाउनुहुन्छ ? म उहालाई भेट्न चाहन्छु "
पसल मालिक आएपछी ग्राहकले उनिसित सोधे " यो पुस्तक तपाईं कतिसम्म घटाएर दिन सक्नुहुन्छ ? "
जवाफ मिल्यो " सवा डलर "
ग्राहक आश्चर्यचकित भए , उनले भने " तर भर्खरै तपाइको कर्मचारीले यसको मूल्य एक डलर बताइरहेको थियो ।
" हो , भनेको थियो होला , अरु पैसा मेरो समयको मूल्य हो "
" ठिक छ जुन मूल्य लिने हो त्यो अन्तिम पटक बताउनुहोला " ग्राहकले भने ।
" अब डेढ डलर , तपाईं जति ढिलो गर्दै जानुहुन्छ त्यति नै यसको मूल्य बढ्दै जान्छ , किनकी समयको मूल्य पनि यसैसित जोडीदै जान्छ "
ग्राहकसँग अरु कुनै उपाय थिएन , उनले एक डलर को ठाउँमा डेढ डलर तिरेर पुस्तक लगे । साथै उनलाई ` समयको मूल्य पनि ज्ञात ´ भयो ।
समयको मूल्य बताउने त्यो पसलको मालिक थिए बेन्जामीन फ्रेन्कलिन । जो पछि अमेरीकाका प्रख्यात अविष्कारक , राजनितीज्ञ र दार्शनिक बने।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad