खुसि कसरी हुने ?


 

साँझको बेला थियो, एक गुरु आफ्नो आश्रम अगाडिको बाटोमा निहुरिएर केही कुरा खोजिरहेका थिए । त्यत्तिकैमा उनका शिस्यहरू आएर सोध्छन "गुरु हजुरले के खोजिरहनु भएको छ , हामी पनि मदत गर्न सक्थ्यौ कि ?"

गुरुले भन्छन, "मेरो सीयो हरायो , कृपया मलाई सीयो खोज्न सहयोग गर । गुरुको आग्रह बमोजिम उनको आश्रममा रहेका सबै शिस्यहरू आएर जोडतोडका साथ सीयो खोज्न थाल्छन । लामो समय खोज्दा पनि सियो नभेटिए पछी शिश्यहरूले सोध्छन -"गुरु पहिले हामीलाई यो बताउनुहोस् कि सीयो कहाँ हराएको थियो ?"

गुरुले जवाफ दिन्छन -" ए सियो , सीयो त घर भित्र हराएको थियो नि ?"

गुरुको कुरा सुनेर सबै शिस्यहरू आस्चर्य मान्दै भन्छन - "अनी घर भित्र हराएको सियो बाहिर बाटोमा खोजेर भेटिन्छ त ? त्यो भेटाउन त घर भित्रै पो खोज्नु पर्छ त । "

गुरुले भन्छन " घर भित्र खोज्न उज्यालो हुनु पर्यो नि , घर भित्र त अध्यारो छ ।" गुरुको यस्तो मुर्खतापूर्ण तर्क सुनेर उनका शिष्यहरूले भन्छन - "घर भित्र उज्यालो नभए त बाल्ने हो नि । "

शिष्यहरूले के यसो भनेका थिए , गुरुले मुस्कुराउदै भन्छन - "तिमीहरूलाई मैले कती पटक भनेँ कि खुशी बाहिर होइन मन भित्र हराएको छ यसर्थ खुशी खोज्न बाहिर होइन मन भित्र पस्नुपर्छ भनेर तर तिमीहरूले कहिल्यै मेरो कुरा बुझेनौ , त्यसैले तिमीहरूलाई त्यही कुरा बुझाउन मैले यो नाटक रचेको हुँ । " त्यत्तिकैमा शिष्यले भन्छन - "गुरु हजुरले खुशी मन भित्र खोज्ने त भन्नु भो तर मन त अन्धकारमय छ नि ,कसरी मन सम्म पुग्ने ?"

गुरुले जवाफ दिन्छन -"अध्यारो छ भने त उज्यालो पार्नु पर्छ नि ज्ञान रुपी दीयो बालेर ।" ।गुरुले भन्नुभयो  जसरी कस्तुरी म्रिग आफ्नै नाभिको बास्ना चिन्न नसकेर सुगन्धको खोजीमा बाहिर बाहिर भौतारिरहेको हुन्छ त्यस्तै मानिसहरू पनि आँफैभित्र सुख खोज्नुको सट्टा बाहिरतिर सुख खोजिरहेका हुन्छन । 

तब यदी तिमी आफ्नै छायालाई लखेटिरहन्छौ भने त्यसलाई तिमीले कहिले भेट्ने छैनौ । जती छिटो तिमी दौडिनेछौ त्यती नै छिटो छाया पनि दौडिने छ । यसर्थ एक छिन् रोकिएर हेर , छाया कहाँबाट आएको छ ? तब तिमीले थाहा पाउने छौ छाया त तिम्रै कारणले बनेको रहेछ । धन-दौलत, पैसा प्रसिद्दी छाया जस्तै हुन तिनिहरूको पछी लाग्नुको सट्टा ती कहाँ छन त्यो पत्ता लगाउ । ती सबै सफलताहरू तिमीभित्रै छन , यसर्थ आँफैलाई उत्खनन गर, सुधार, खार ,निखार । सफलता तिमीभित्रै भेटिने छ सुख पनि तिमीभित्र नै । तिम्रो वास्तविक स्वभाव के हो क्षमता के हो ,तिमिभित्र के बन्ने, के गर्ने खुबी प्रबल छ ? सबैभन्दा पहिले त्यो पत्ता लगाउ । त्यसैलाई मलजल गर त्यसैलाइ हुर्काउ । त्यसैले  वास्तविक सफलता र सदाबहार खुशी दिनेछ ।

तिमीले लाग्ला कसरी पत्ता लगाउने ? केही दिन एकान्तमा बस र  , आफ्नो लागि समय देऊ ,तिम्रो चन्चलतालाई शान्त बनाउ । चन्चल सतह र धमिलो पानी रहेको पोखरीमा होइन शान्त पोखरिको गहिराइमा रहेका चिज बस्तुहरू मात्र प्रष्ट देखिन्छ्न । तिमी पनि एक शान्त पोखरी जस्तो बन र हेर आफ्नो गर्भमा लुकेका हीरा मोती र जुहारतहरूलाई । त्यसले नै  वास्तविक खुशी र सफलता सँग साक्षातकार गराउने छ ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad