एक पटक राजाले आफ्नो दरबारमा दुई वटा चरा किनेर ल्याएछन । ती दुई चरामध्ये पहिलो चरा गीत गाउँने,यताउता उड्ने,हावामा नाच्ने गर्थ्यो तर दोस्रो चराभने रुखको हाँगामा बसी मात्र राख्दथ्यो,ऊ निक्कै अल्छी थियो । राजाले उक्त चरालाइ धेरै पटक तालिम दिन खोजे,उडाउन खोजे तर ऊ पटक्कै उड्न मनेन । राजालाई लाग्यो यो चरा उड्नै नसक्ने पो रहेछ क्यारे । राजाले यो कुरा मन्त्रीलाई सुनाउँछन । मन्त्रीले चरालाई तालिम दिएका छन् कि चरा अब उड्यो भनेर राजा कुरा सुन्दा बित्तिकै आजसम्म एक पटक पनि नउडेको चरा हेर्न बगैँचामा पुग्छन । जब राजा के बगैचामा पुगेका थिए , चरा त भूरुरुरु ……आकाशमा उड्न थाल्यो । त्यो देखेर अचम्मित हुँदै राजाले सोध्छन –" के जादू गरिदिनु भो मन्त्री ज्यु , तपाईंले त आजसम्म नउडेको चरालाइ उडाइदिनु भो त ??" राजाको कुरा सुनेर मन्त्रीले भन्छन – "महाराज, मैले कुनै जादु गरेर चरा उडेको होइन मैले त केवल चरा जुन हाँगोमा बसेको थियो त्यो हाँगा काटिदिएको मात्र हुँ । जब आफू बसेको हाँगा नै काटिए पछी यो चरालाइ नउडेर सुख ?? "
मित्रहरू, कथाको सार यो हो कि हामीभित्रको खुबी तब बाहिर आउँछ जब हामीले जीवनमा चुनौती र कठिनाई झेल्न पुग्छौँ ।
